काठमाडौँ । आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।
संसदीय सुनुवाइ समिति, विधायन व्यवस्थापन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दै छ । जसअनुसार संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे बस्नेछ ।
बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाको सुनुवाइ हुनेछ ।
त्यस्तै दिउँसो २ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धी मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ ।
त्यस्तै बिहान साढे ११ बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा स्थलगत अध्ययन, अवलोकन तथा अनुगमनबाट देखिएका विषय र सरकारी आश्वासन कार्यान्वयन सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसँग छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ पुस २०८०, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालतले पायो तीन नयाँ न्यायाधीश
सर्वोच्चको न्यायाधीशमा प्रस्तावित ३ जनाविरुद्ध ७ उजुरी
सर्वोच्च अदालतका न्यायाधीश सिफारिस : संसदीय सुनुवाइ समितिको सूचना, उजुरी दिन १० दिनको समय
उच्च अदालतका चार न्यायाधीश मुख्य न्यायाधीशमा सिफारिस
आलमलाई सफाइ दिने न्यायाधीशमाथि मोसो प्रहार, दुई जना पक्राउ
सर्वोच्चका न्यायाधीश सिफारिसको तयारी, इजलास नराखी छलफलमा जुटे प्रधानन्यायाधीश