एनएसएलमा वीरगन्जलाई हराउँदै पोखरा दोस्रो स्थानमा उक्लियो

सफल खबर संवाददाता

शनिबार, ३० मंसिर २०८०, १९ : ३१
एनएसएलमा वीरगन्जलाई हराउँदै पोखरा दोस्रो स्थानमा उक्लियो

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पोखरा थन्डर्सले वीरगन्ज युनाइटेड फुटबल क्लबलाई २-१ गोलले पराजित गरेको छ । यो जितसँगै पोखरा अङ्क तालिकाको दोस्रो स्थानमा उक्लियो ।

दशरथ रङ्गशालामा पहिलो हाफमा लिएको अग्रता नै पोखराको तेस्रो जितका लागि पर्याप्त रह्यो । पोखराका मोजेस ग्याबा र जो आइदुले १–१ गोल गरे । आइकिन्स बफोरले वीरगन्जका लागि बराबरी गोल गरेका थिए।

पोखरा ६ खेलमा ११ अङ्क जोड्दै दोस्रो स्थानमा उक्लँदा वीरगन्ज ६ खेलमा ५ अङ्कका साथ पुछारबाट दोस्रोमा छ । आजै हुने दोस्रो खेलमा स्पोर्टिङ इलाम र चितवन एफसी खेल्नेछन् । खेल दशरथ रङ्गशालामा साँझ ५ बजे शुरु हुनेछ । 

प्रतिक्रिया दिनुहोस