काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काम गर्न नसके हटाउन सक्छौँ भनेर काँग्रेसले भन्न सक्नुपर्ने बताएका छन् । काँग्रेसका सांसदहरुले मत दिएर ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएको भन्दै उनले एक वर्षसम्म काम गर्न नसकेको बताए । अब एक वर्ष ‘प्रचण्ड’ नै प्रधानमन्त्री बन्ने सत्ता गठबन्धनबीच सहमति रहेको भन्दै थापाले यो अवधिमा काम गर्न नसके सिंहदरवारबाट खुमलटार (‘प्रचण्ड’को निवास) पटाउँछौँ भनेर काँग्रेसले भन्नुपर्ने बताएका हुन् ।
शनिबार पाल्पामा आयोजित कार्यक्रममा थापाले भने, ‘यो एक वर्षभित्र धेरै काम हुन सकेन, तपाईँसँग मौका छ, ‘यत्तिको स्थिरता हुँदै गर्दा, यत्तिको अनुकुलकता हुँदै गर्दा गर्नुपर्ने काम तपाई गर्नुहुन्छ भने तपाईँलाई प्रधानमन्त्रीको रुपमा राखिराख्छौँ, तपाईँलाई मद्दत गरिराख्छौँ, तपाई काम गर्न सक्नुहुन्न भने सिंहदरबारबाट खुमलटार पुर्याउँछौँ भनेर भन्न सक्नुपर्छ ।’
‘प्रचण्ड’लाई कुनै साइनो परेर प्रधानमन्त्री बन्न सहयोग गरेको नभई केही काम गर्छन् कि भनेर मत दिएको महामन्त्री थापाले बताए । सरकार गठन भएको एक वर्ष अवधि पुग्न लागेको तर अहिलेसम्म कुनै राम्रो काम गर्यो भनेर भन्न नसकिने उनले बताए ।
महामन्त्री थापाले सरकारमा रहेका काँग्रेसका ९ जना मन्त्रीले पनि राम्रो काम गर्नुपर्ने बताए । काम गर्न नसक्नेलाई सभापति वा कुनै नेताको संरक्षण हुन नहुने भन्दै थापाले अगाडि भने, ‘मन्त्रीहरूसँग पनि मिसन हुनुपर्छ । मेरो कारणले गर्दा काँग्रेसको एउटा भोट घट्नुहुन्न, मेरो कामले गर्दा काँग्रेसको भोट बढ्नुपर्छ भन्ने सोच्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० मंसिर २०८०, १९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीका रूपमा चिन्दैन’: गगन थापा
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा