काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४१.८३ अंक बढेर बन्द भएको छ । साताको ५ दिन कारोबार भएको नेप्से परिसूचक ४ दिन उकालो लागेपछि बढेर बन्द भएको हो । नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिन १८५२ अंकमा बन्द भएको थियो ।
जुन, यो साता साढे ७ प्रतिशतले बढेसँगै १९९४.६० अंकमा पुगेर रोकिएको हो । यो साताको पहिलो कारोबार दिन आइतबार बजार १११ अंकले बढेको थियो । उक्त दिन बजार ६ प्रतिशतले बढेसँगै कारोबार नै रोकिएको थियो । सोमबार १५ अंकको करेक्सन आएपनि त्यसयता भने निरन्तर बढ्यो । मंगलबार परिसूचक ३६.८६ अंकले बढ्दा २.६० अंकले बढेको थियो । यस्तै, विहीबार ६.५५ अंकले परिसूचक बढ्यो । नेपाल राष्ट्र बैंकले गत साताको शुक्रबार मौद्रिक नीति समिक्षा गरेको थियो । जसमार्फत बैंक ब्याजदर घटेको थियो ।
यस्तै, केन्द्रीय बैंकले अर्थतन्त्र चलायमान बनाउन लचिलो नीति लिएको थियो । जसको परिणाम बजारमा देखिएको हो । परिसूचकमा साढे ७ प्रतिशतको वृद्धि आएको साता कारोबार रकममा समेत उत्साहजनक वृद्धि आएको छ । यो साता नेप्सेमा १६ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको छ । जुन, गत साताको तुलनामा ९ अर्ब ५ करोडले बढी हो ।
गत साता नेप्सेमा ७ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको थियो । यसबाट लामो समयदेखि न्यून कारोबार भइरहेको नेप्सेमा रौनक फर्किएको देखिन्छ । यस्तै, यो साता नेप्सेको बजार पूँजीकरणमा समेत ७ प्रतिशतकै वृद्धि आएको छ । यससँगै, नेप्सेको बजार पूँजीकरण ३० खर्ब ७६ अर्ब पुगेको छ । यो अघिल्लो साताको अन्तिम कारोबार दिन २८ खर्ब ६२ अर्ब रुपैयाँ कायम थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० मंसिर २०८०, १३ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढ्यो सेयर बजार, ७ अर्ब ४६ करोडको कारोबार
दोहोरो अंकले घट्यो सेयर बजार
सेयर बजार २८०० बाट तल झर्यो, करिब ७ अर्बको कारोबार
सेयर बजारमा २८ अङ्कको गिरावट
सेयर बजार २८३२ अंकमा झर्यो, कारोबार रकम ७ अर्ब ६३ करोड
बढ्यो सेयर बजार, १० अर्ब ८२ करोडको कारोबार