काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४१.८३ अंक बढेर बन्द भएको छ । साताको ५ दिन कारोबार भएको नेप्से परिसूचक ४ दिन उकालो लागेपछि बढेर बन्द भएको हो । नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिन १८५२ अंकमा बन्द भएको थियो ।
जुन, यो साता साढे ७ प्रतिशतले बढेसँगै १९९४.६० अंकमा पुगेर रोकिएको हो । यो साताको पहिलो कारोबार दिन आइतबार बजार १११ अंकले बढेको थियो । उक्त दिन बजार ६ प्रतिशतले बढेसँगै कारोबार नै रोकिएको थियो । सोमबार १५ अंकको करेक्सन आएपनि त्यसयता भने निरन्तर बढ्यो । मंगलबार परिसूचक ३६.८६ अंकले बढ्दा २.६० अंकले बढेको थियो । यस्तै, विहीबार ६.५५ अंकले परिसूचक बढ्यो । नेपाल राष्ट्र बैंकले गत साताको शुक्रबार मौद्रिक नीति समिक्षा गरेको थियो । जसमार्फत बैंक ब्याजदर घटेको थियो ।
यस्तै, केन्द्रीय बैंकले अर्थतन्त्र चलायमान बनाउन लचिलो नीति लिएको थियो । जसको परिणाम बजारमा देखिएको हो । परिसूचकमा साढे ७ प्रतिशतको वृद्धि आएको साता कारोबार रकममा समेत उत्साहजनक वृद्धि आएको छ । यो साता नेप्सेमा १६ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको छ । जुन, गत साताको तुलनामा ९ अर्ब ५ करोडले बढी हो ।
गत साता नेप्सेमा ७ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको थियो । यसबाट लामो समयदेखि न्यून कारोबार भइरहेको नेप्सेमा रौनक फर्किएको देखिन्छ । यस्तै, यो साता नेप्सेको बजार पूँजीकरणमा समेत ७ प्रतिशतकै वृद्धि आएको छ । यससँगै, नेप्सेको बजार पूँजीकरण ३० खर्ब ७६ अर्ब पुगेको छ । यो अघिल्लो साताको अन्तिम कारोबार दिन २८ खर्ब ६२ अर्ब रुपैयाँ कायम थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० मंसिर २०८०, १३ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार