माओवादीले बोलायो पदाधिकारी बैठक

सफल खबर संवाददाता

शुक्रबार, २९ मंसिर २०८०, १३ : २४
माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । पुस ३ गते बिहान ८ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको कोषाध्यक्ष तथा कार्यालय मुख्यसचिव श्रीराम ढकालले बताए ।

उनले बैठकमा सरकारको समीक्षा, पार्टी रूपान्तरण अभियानको अहिलेसम्मको प्रगति, राष्ट्रियसभा निर्वाचनलगायतको विषयमा छलफल हुने उनले बताए । साथै डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता गर्नको लागि एकता संयोजन समिति गठनबारे पनि छलफल हुने जनाइएको छ । माओवादीले भदौ १६ देखि थालेको रूपान्तरण अभियान पनि पुस १६ गते सकिँदैछ।

यता, प्रधानमन्त्री ‘प्रचण्ड’को राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका उपमहासचिव हरिबोल गजुरेलले यही बैठकमा आफ्नो कुरा राख्ने तयारी गरेका छन् ।उनले प्रधानमन्त्रीलाई मंसिर २० गते नै राजीनामा बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस