काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी लगायत समसामयिक राजनीतिक विषयहरूमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।
बैठक आज दिउँसो १२ बजे सानेपास्थित कांग्रेस मुख्यालयमा बस्नेछ । कांग्रेसका कार्यालयका मुख्यसचिव एवम् राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद पौडेलले बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारीका विषयमा छलफल हुने जानकारी दिए । ‘बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्नेसहित गठबन्धन र सिट बाँडफाँडका विषयमा निर्णय गर्छ,’ उनले भने ।
पौडेलका अनुसार बैठकमा जाजरकोट भूकम्प र पार्टीको महासमिति बैठकको तयारीका विषयमा समेत छलफल गर्ने गरी एजेन्डा तय गरिएको छ । त्यस्तै, समसामयिक राजनीतिक विषयहरूमा समेत छलफल हुनेछ ।
राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते हुँदै छ भने कांग्रेसले पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक बोलाएको छ । महासमिति बैठक तोकिएकै मितिमा गर्ने वा राष्ट्रिय सभा निर्वाचन पछिसम्म स्थगित गर्ने भन्ने विषयमा समेत कांग्रेसभित्र विवाद छ । शुक्रबारको बैठकले त्यसबारे समेत टुङ्गो लगाउने नेताहरूले बताएका छन् ।
कांग्रेसले महासमिति बैठक यसअघि मङ्सिर १३ देखि १५ भित्रै गर्ने मिति तोकेको थियो । तर तयारी नपुगेको भन्दै स्थगित गरेर पुस १६-१९ मा सारेको हो । महासमिति बैठक कांग्रेसको महाधिवेशनपछिको ठुलो संरचना हो । महासमिति बैठकमा देशभरिबाट करिब २५ सय नेता कार्यकर्ता प्रतिनिधिकारुपमा सहभागी हुनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ मंसिर २०८०, ०८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?