महेन्द्रनगरमा एक साताका लागि निषेधाज्ञा जारी

सफल खबर संवाददाता

विहीबार, २८ मंसिर २०८०, १४ : २७
महेन्द्रनगरमा एक साताका लागि निषेधाज्ञा जारी

काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरमा निषेधाज्ञा जारी गरिएको छ । राजा महेन्द्रको सालिक राख्ने विषयमा दलहरूबीच विवाद बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक साताको लागि महेन्द्रनगर बजारमा निषेधाज्ञा जारी गरेको हो ।

संविधान चोक र त्यसबाट पूर्व दशरथ चन्दको सालिकसम्मको मुख्य सडक खण्ड क्षेत्र र संविधान चोकबाट पश्चिम मदन भण्डारीको सालिकसम्मको मुख्य सडक खण्ड क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार भण्डारीले बताए । 

‘भीमदत्त नगरपालिका ४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा शालिक स्थापना गर्न दिने नदिने सम्बन्धमा विभिन्न राजनीतिक दलहरुबिच मतभिन्नता भइ आएको सन्दर्भमा सार्वजनिक शान्ति सुव्यवस्थालाई कायम राख्न तथा अत्यावश्यक सेवालाई निर्वाध सञ्चालन गर्नका निम्ति जिल्ला सुरक्षा समिति कञ्चनपुरको सिफारिसका आधारमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६, ३ (क) बमोजिम देहायको क्षेत्रमा मिति २०८०/८/२८ गतेदेखि ७ दिनसम्मको लागि ५ जनाभन्दा बढी मानिस जम्मा भइ जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको आदेश जारी गरिएको छ ।’ जारी आदेशमा भनिएको छ । 

प्रतिक्रिया दिनुहोस