काठमाडौं । कांग्रेस इतर समूहको बैठक जारी रहेको छ । काठमाडौंको अनुपम फुडल्याण्डमा सुरु भएको बैठकमा महामन्त्री गगन थापा पनि सहभागी भएका छन् । पार्टीको १४औं महाधिवेशनमा शेखर प्यानलबाट उम्मेदवारी दिएर महामन्त्री बनेका थापाको अहिले शेखर कोइरालासँग सम्बन्ध चिसिएको छ । महामन्त्री थापाले छुट्टै गुट निर्माण गर्न लागेको भन्ने हल्ला चलिरहेको अवस्थामा उनी आजको बैठकमा सहभागी भएका हुन् ।
महामन्त्री थापा र शेखरबीच गत वर्ष सम्मपन्न आम निर्वाचनदेखिनै सम्बन्ध बिग्रिएको हो । महामन्त्री थापा आफैं संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने कोशिस गरेपछि शेखर तगारो बनेको गगन निकट स्रोतको दाबी छ । संसदीय दलको निर्वाचनमा शेखरले आफू निकट पाँच सांसदहरुको भोट पनि पार्टी सभापति शेरबहादुर देउवाको पक्षमा हाल्न लगाएको गगन समूहको आरोप छ । त्यस्तै, गठबन्धन सरकारमा शेखरले आफ्नो लागिमात्रै सभापति देउवासँग बार्गेनिङ गरेको बताइएको छ । शेखरकै कारण गगन निकटका कोही पनि नेताहरु मन्त्री नबनेको उनी निकट स्रोत बताउँछ ।
त्यस्तै, कोशी प्रदेशमा शेखरले विद्रोह गरेर केदार कार्कीलाई मुख्यमन्त्री बनाएको कुरामा पनि गगन असन्तुष्ट छन् । शेखरले हिजोको बैठक बोलाएको भएपनि गगन नआउने थाहा पाएर बैठक आजलाई सारेका थिए । गगनका ससुरासमेत रहेका अर्जुननरसिंह केसीसँग सल्लाह गरेर शेखरले हिजोका लागि निर्धारित बैठक सारेका थिए ।
आजको बैठकमा आसन्न राष्ट्रिय सभा निर्वाचन, पार्टीको महासमिति बैठक र समसामयिक राजनीतिक घटना क्रमका बारेमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ मंसिर २०८०, १४ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस केन्द्रीय समिति बैठक आज अन्तिम समयमा आएर स्थगित
कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनबारे छलफल
कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको भेला सर्यो
सभापतिले दिएको जिम्मेवारी अनुसार अधिवेशनको वातावरण बनाउन खड्कालाई महामन्त्रीद्वयको आग्रह
आगामी पुस १६ मा महाधिवेशन गर्ने कांग्रेस संस्थापन इतरको निष्कर्ष
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै