काठमाडौं। चीनका राष्ट्रपति सी चिनफिङ राजकीय भ्रमणका सिलसिलामा मंगलवार भियतनाम आइपुगेका छन् । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिनफिङलाई भियतनामले मङ्गलवार रातो कार्पेट ओछ्याएर न्यानो स्वागत गरेको छ ।
द्विपक्षीय सम्बन्ध र सहयोग विस्तार गर्ने उद्देश्यले उनको राजकीय भ्रमण आयोजना गरिएको बताइएको छ ।दुई दिने भ्रमणका क्रममा दुवै पक्षले चीनभियतनाम सम्बन्धको स्तरोन्नति गर्ने र दुई देशबीचको व्यापक रणनीतिक सहयोगलाई अझ गहिरो र ठोस बनाउनेबारे छलफल गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बताएका छन्।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ मंसिर २०८०, १४ : ४३
लेखकबाट थप