काठमाडौँ । नबिल बैंक लिमिटेडले तीन अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । प्रतिकित्ता एक हजार रूपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागिएको हो ।
बैंकले बिक्रीमा ल्याउन कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधरणलाई र एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बताइएको छ । सर्वसाधरणलाई छुट्याइएको १२ लाख कित्ता मध्य पाँच प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको ६०,००० कित्ता सामुहिक कोषका लागि समेत समावेश गरिएको छ ।
सर्वसाधारणले न्युनतम २५ कित्ता देखि अधिकतम १२ लाख कित्तासम्म लगानी गर्न सकिने यस सात वर्षे ऋणपत्रमा लगानी कर्ताले ९ प्रतिशतको ब्याजदर पाउने नबिलले जनाएको छ । यो ऋणपत्र २९ मंसिरदेखि छिटोमा ३ पुससम्म र ढिलोमा १३ पुससम्म खुला गरिने बैंकले जनाएको छ ।
नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंक मध्ये एक हो । बैंकले देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएकोे छ । नबिल बैंकले १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ मंसिर २०८०, १३ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नबिल बैंकले ल्यायो ‘नबिल इन्स्ट्यान्ट गोल्ड लोन’, एक घण्टाभित्रै ऋण पाइने
नबिल स्टक डिलरको औपचारिक समुद्घाटन, पुँजी बजारसम्बन्धी सम्पूर्ण सेवा दिँदै
नबिल बैंकले ल्यायो ‘नबिल डिवेन्चर २०८७’, ब्याज ९ प्रतिशत पाउने
नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ गर्ने सुविधा
नबिल बैंकको लाभांश घोषणा
भूकम्प पिडितलाई नबिल बैंकको एक करोड सहयोग