काठमाडौं। भक्तपुरको नलिञ्चोकस्थित नयाँ हेलिपोर्टमा डेमो उडान गरिएको छ। मंगलबार बिहान हेलिपोर्टमा डेमो उडान गरिएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएको 'एयर ट्राफिक कन्जेसन' कम गर्ने उद्देश्यले नलिन्चोकमा सुविधासम्पन्न स्थायी हेलिप्याड निर्माण गरेको हो ।
यो हेलिप्याड संचालनमा आएसँगै नेपालका कुनै पनि गन्तव्यमा हेलिकोप्टर सेवा संचालनका लागि सहज र सुविधा हुने छ। हेलिप्याड छिट्टै सञ्चालनमा आउने प्राधिकरणले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ मंसिर २०८०, १३ : ३४
लेखकबाट थप