काठमाडौं। एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्रीविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइका लागि मंगलवार पेशी तोकिएको छ ।स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले दायर गरेको रिट न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा तोकिएको हो ।
इजलासको १९ औं नम्बरमा सो रिटको पेशी तोकिएको छ । यसअघि आइतवार र सोमवार सो रिट हेर्न नभ्याइनेमा परेको थियो ।मलेसियन कम्पनी आजियाटाले बिक्री गरेको ८० प्रतिशत शेयरको दर्ता नगर्न उच्च अदालत पाटनले अन्तरकालीन अन्तरिम आदेश जारी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ मंसिर २०८०, १२ : ४६
लेखकबाट थप