बागमती प्रदेशका प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना

सफल खबर संवाददाता

आइतबार, २४ मंसिर २०८०, १९ : ४८
बागमती प्रदेशका प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना

हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् । उनलाई शनिबार बिहानदेखि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको प्रदेश प्रमुख शर्माका प्रमुख स्वकीय सचिव पारसमणि फुयालले जानकारी दिए ।

चिन भ्रमणबाट गत शुक्रबार स्वदेश फिर्ता भएका प्रदेश प्रमुख शर्मालाई ज्वरो आउने लगायतका स्वास्थ्य समस्या देखिएको थियो । फुयालका अनुसार प्रदेश प्रमुख शर्माको काठमाडौँको हेल्पिङ ह्याण्ड सामुदायिक अस्पताल चाबहिलमा उपचार भइरहेको छ ।

मुटु सम्बन्धी समस्या झेल्दै आएका शर्मालाई शनिबार ज्वरो आएको थियो । ज्वरो आएलगत्तै अस्पताल पुगेका उनको स्वास्थ्य परीक्षणका क्रममा निमोनिया पनि देखिएका फुयालले बताए । उपचाररत प्रदेश प्रमुख शर्माको अहिले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको फुयालको भनाई छ । चिकित्सकको सल्लाह अनुसार प्रमुख शर्मालाई केही दिन अस्पतालमै राखेर उपचार गरिने स्वकीय सचिव फुयालले बताए ।

प्रतिक्रिया दिनुहोस