लुक्ला जाँदै गरेको जहाजको आपत्कालीन ढोकाको सिसा खस्यो

सफल खबर संवाददाता

आइतबार, २४ मंसिर २०८०, १३ : ४७
लुक्ला जाँदै गरेको जहाजको आपत्कालीन ढोकाको सिसा खस्यो

काठमाडौँ । काठमाडौँबाट लुक्ला जाँदै गरेको तारा एयरको कार्गो उडानको क्रममा जहाजको आपत्कालीन ढोकाको सिसा खसेको छ । तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज आइतबार बिहान ९ः३१ मा काठमाडौँबाट ११ सय २६ केजी सामान लिएर उडेको थियो ।

उक्त जहाजको आपत्कालीन ढोकाको सिसा बीच रुटमै खसेको पाइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले भने, ‘काठमाडौँको रनवे चेक गर्दा सिसा खसेको पाइएन । बाटोमा कतै खसेको हुन सक्छ ।’

जहाज लुक्लामा ल्यान्ड गरेर पार्किङमा जाँदा आपत्कालीन ढोकामा सिसा थिएन । जहाज सामान्य रूपमै अवतरण गरेको थियो । जहाजमा दुई जना यात्रु पनि थिए ।

प्रतिक्रिया दिनुहोस