नेपाल सुपर लिग : इलामसँग बराबरी खेलेकाे धनगढी शीर्ष स्थानमा

सफल खबर संवाददाता

शनिबार, २३ मंसिर २०८०, १६ : १०
नेपाल सुपर लिग : इलामसँग बराबरी खेलेकाे धनगढी शीर्ष स्थानमा

काठमाडौँ । नेपाल सुपर लिग एनएसएलमा आज भएको पहिलो खेलमा धनगढी एफसीले स्पोर्टिङ इलामसँग बराबरी खेलेको छ ।

धनगढीले इलामसँग २-२ को बराबरी खेल्दै अङ्क बाँडेको हो । दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको धनगढी शीर्ष स्थानमा फर्किएको छ । पोखरा थन्डर्ससँग अङ्क बराबरी गरेको धनगढी बढी गोल गरेको आधारमा शीर्ष स्थानमा उक्लिएको हो । 

यस्तै, आजै हुने अर्को खेलमा काठमाडौँ रेजर्स फुटबल क्लब र बुटवल लुम्बिनी खेल्दै छन् । यो खेल बेलुका ५ बजे हुनेछ । काठमाडौँ तालिकाको चौथो स्थानमा छ भने बुटवल लुम्बिनी छैटौँ स्थानमा छ । हिजो भएको खेलमा झापा एफसी र वीरगञ्ज युनाइटेड एफसीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका थिए ।

प्रतिक्रिया दिनुहोस