स्मेल हेभनमा मंसिर ३० देखि एथ्लेटिक्स मिट हुँदै

सफल खबर संवाददाता

शनिबार, २३ मंसिर २०८०, १३ : ३३
स्मेल हेभनमा मंसिर ३० देखि एथ्लेटिक्स मिट हुँदै

भरतपुर ।  भरतपुरको कल्याणपुरस्थित स्मल हेभन स्कुलमा नवौं अन्तर विद्यालय एथ्लेटिक्स मिट हुने भएको छ । स्मेल हेभनको आयोजनामा मंसिर ३० गतेदेखि 'स्पोर्टिङ बडी, स्पोर्टिङ माइन्ड' भन्ने नाराका साथ नवौं संस्करणको एथ्लेटिक्स मिट हुन लागेको हो । पौष २ गतेसम्म हुने एथ्लेटिक्स मिटमा जिल्लाभरका ३० भन्दा बढी संस्थागत विद्यालय सहभागी हुनेछन् ।  

सहभागी खेलाडीहरुले बिभिन्न १२ विधामा प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ एक सय, दुई सय, चार सय, पाँच सय, आठ सय र एक हजार ५०० मिटर र ३ किलोमिटर दौड हुनेछन् । यस्तै एक सय मिटर रिले, चार सय मिटर रिले, सट पुट, लङ्ग जम्प, ट्रिपल जम्प र टग अफ वार पनि हुने विद्यालयका प्रधानाध्यापक रामचन्द्र न्यौपानेले जानकारी दिए ।

यस्तै महिलातर्फ एक सय, दुई सय, चार सय, पाँच सय, आठ सय र एक हजार ५०० मिटर र ३ किलोमिटर दौड हुनेछ । यस्तै एक सय मिटर रिले, चार सय मिटर रिले, सट पुट, लङ्ग जम्प, कबड्डी र बास्केटबल हुनेछ । यी खेलहरुमा महिला र पुरुष दुबैतर्फ १२(१२ स्वर्ण, १२(१२ रजत र २४(२४ कास्य गरी कुल ९६ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

न्यौपानेका अनुसार विद्यालयले हरेक दुई(दुई वर्षमा यस प्रतियोगिया आयोजना गर्दै आएको छ । उहाँले यो चितवनमा विद्यलाय स्तरमा हुने खेलकुद प्रतियोगिताकै नमूना भएको समेत दाबी गरे।  
 

प्रतिक्रिया दिनुहोस