जाकार्ता । इन्डोनेसियाली सरकारले विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले चीनलगायत २० देश र त्यस क्षेत्रका पर्यटकका लागि ‘फ्रि भिसा’ नीति लागू गर्न लागेको छ। पर्यटनमन्त्री सान्डियागा उनोले बिहीबार सो नीतिबारे जानकारी गराएका हुन्।
“फ्रि भिसा नीति आर्थिक प्रभाव, पारस्परिकताको सिद्धान्त र सुरक्षा पक्षसहित केही अन्य विचारहरूमा आधारित छ”, युनोले जकार्तामा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँगको भेटपछि पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन्।
आधिकारिक रूपमा लागू गर्नुअघि सो नियमावलीलाई एक महिनाअगाडि नै अन्तिम रूप दिने उनले जानकारी गराएका छन्। इन्डोनेसियाले सन् २०२४ मा १ करोड ४० लाख विदेशी पर्यटकहरू भित्र्याउने लक्ष्य राखेको छ। त्यसो भएमा देशको अर्थतन्त्रमा २०० ट्रिलियन रुपैयाँसम्म योगदान पुग्नसक्ने अपेक्षा गरिएको छ।
“आशा छ हामीले सो लक्ष्यमा पुग्न पर्यटक आगमनको सङ्ख्या बढाउन सक्छौँ। विशेषगरी उच्च खर्च गर्ने पर्यटकहरूलाई लक्ष्य गरेर स्थानीय अर्थतन्त्र सुधार गर्न सक्छौँ, “युनोले भनेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २२ मंसिर २०८०, १६ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो
एघार महिनामा सात लाख पर्यटक मुस्ताङ पुगे
पर्यटकले ढोरपाटनका होटल भरिभराउ
दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
सौराहामा पर्यटकको आगमन उत्साहजनक : व्यवसायी