कतारबाट रविको प्रश्न- कर छलि गर्नेलाई कारवाही गर्न किन चाहियो गठबन्धनको बैठक ?

सफल खबर संवाददाता

शुक्रबार, २२ मंसिर २०८०, १२ : ४९
कतारबाट रविको प्रश्न- कर छलि गर्नेलाई कारवाही गर्न किन चाहियो गठबन्धनको बैठक ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय समितिमा भर्चुअल सहभागिता जनाउन नपाएपछि सामाजिक सञ्जालमार्फत् आफ्नो कुरा राखेका छन्। अहिले जारी राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भौतिक रुपमा उपस्थित हुन नपाएपछि भर्चुअल माध्यमबाट कुरा राख्न नपाएपछि सामाजिक सञ्जालमा आफ्नो कुरा राख्न बाध्य भएको बताएका छन्।

उनले फेसबुकमा लेखेका छन्, म अहिले कतारमा छु। नेपालमा भर्खरै राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सुरु भएको छ। भौतिकरूपमा उपस्थिति जनाउन नसके पनि, मेरा केही प्रश्नहरू भिडियोमार्फत् राख्न दिनु भनी अनुमति मागें। तर, नपाएपछि सो भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै छु। आशा छ, सम्बन्धित निकायसम्म मेरा प्रश्न पुग्ने नै छन्।

उनले आफूहरुले पहिलेदेखिनै संसदको क्यालेन्डर बनाइनुपर्छ भनेर भन्दै आइरहे पनि नबनेको बताए। उनले एनसेलको कर छलिमा कारवाही गर्न सरकारले छानविन समिति बनाएकोप्रति आपत्ति जनाए।

उनले भनेका छन्, हामीलाई किन छानविन समितिको यतिधेरै मोह छ। छानविन समितिको काम किन प्रभावकारी छ भनेर पनि छानविन गर्नको लागि अर्को समिति बनाउँलान् भन्ने दिन नआउला भन्न सकिँदैन। हरेक कुरामा किन चाहियो समितिरु कर छलि भएको कुरा गरेपछि प्रधानमन्त्रीले कर कार्यालयको सम्बन्धित निकायलाई बोलाउने हो कि सत्ता गठबन्धनको बैठक बोलाउने होरु छानविन गर्न गठबन्धन दलहरु तयार रे सिस्टम भन्ने कुरा चराको नाम हो ? भन्ने कुरा हामीले कहिले थाहा पाउने ?

यस्तै, उनले जाजरकोट भूकम्पका प्रभावितलाई चिसोबाट जोगाइ पुनस्र्थापना र पुनर्निर्माणमा सरकारले तय गरेको नीति र योजनाबारे जानकारी गराउने व्यवस्थाका लागि समितिका सभापतिको सभापतिको ध्यानाकर्षण समेत गराएका छन्।

प्रतिक्रिया दिनुहोस