काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतबीच भेटवार्ता भएको छ । उनीहरूबीच सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिका विषयमा काठमाडौँमा छलफल भएको बताइएको छ । ४००केभी पश्चिम सेती (बझाङ-बनलेक-दोधारा) लाइन छिनो निर्माण गर्न निर्देशन दिने विषयमा पनि छलफल भएको मुख्यमन्त्री कार्यालयको सचिवालयले जानकारी दिएको छ ।
ऊर्जा मन्त्रालय अन्तर्गतको कम्पनी राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले अध्ययन गरिरहेको र यो प्रसारण लाइन भारतीय एक्जिम बैङ्कको ऋण सहयोग निर्माण गर्ने सहमति भएको छ । उक्त प्रसारण लाइन निर्माण पछि समग्र सुदूरपश्चिम प्रदेश को विकासले गति पाउने अपेक्षा गरिएको छ ।
बिद्युत् विकास विभागद्वारा निर्माण भइरहेको बुढीगंगा जलविद्युत आयोजनाको लागि निर्माण गर्नु पर्ने बुढीगंगा पहलमानपुर १३२ केभी प्रसारण लाइन को निर्माण अगाडी बढाउने विषयमा पनि छलफल भएको छ ।
अन्तर्देशीय ४०० केभी लम्की-बरेली प्रसारण लाइन को निर्माण छिटो अगाडि बढाउन, बेतान कर्णाली जलविद्युत परियोजनालाई समयमै निर्माण गर्ने विषयमा छलफल भएको हो । मन्त्री बस्नेतले छलफलमा उठेका विषयहरूलाई गम्भीर रूपमा लिएको र आवश्यक निर्देशन दिने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ मंसिर २०८०, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिम प्रदेशमा सांसदहरूका लागि २ अर्ब २३ करोड विनियोजनको तयारी
प्रधानमन्त्री ओलीसँग सुदूरपश्चिमका मुख्यमन्त्री र पूर्वमुख्यमन्त्रीको भेटवार्ता
इद पर्वले राष्ट्रिय एकतालाई बलियो बनाउने छ : प्रदेश प्रमुख मियाँ
सुदूरपश्चिममा भोली सार्वजनिक बिदा
सुदूरपश्चिममा मुख्यमन्त्रीले बोलाएको बैठक निष्कर्षविहीन
स्थानीय सेवा ऐन तत्काल जारी गर्न माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि कर्मचारीले दिए धर्ना