मानवताविरुद्धको अपराधमा कारागारमा रहेका पेरुका पूर्व राष्ट्रपति फुजिमोरी रिहा

सफल खबर संवाददाता

विहीबार, २१ मंसिर २०८०, १२ : ४२
मानवताविरुद्धको अपराधमा कारागारमा रहेका पेरुका पूर्व राष्ट्रपति फुजिमोरी रिहा

एजेन्सी। पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरी रिहा भएका छन् ।मानवताविरुद्धको अपराधमा २५ वर्षे जेल सजाय भोगिरहेका पूर्व राष्ट्रपति अल्बर्टो बुधवार रिहा भएका हुन्।संवैधानिक अदालतले मङ्गलवार ‘तत्काल रिहा’ आदेश जारी गरेपछि उनी जेलमुक्त बनेका हुन् ।​

फुजिमोरी बुधवार साँझ ६ः३० बजे लिमाको एटे जिल्लास्थित बार्बाडिलो कारागारबाट मुक्त बनेका हुन् । उनलाई लिन परिवारका सदस्यहरू केइको र केन्जी फुजिमोरी कारागार पुगेका थिए ।केही समय अघि नेसनल पेनिटेन्शियरी इन्स्टिच्युटले सामाजिक सञ्जालमार्फत उनको रिहाइको प्रक्रिया अगाडि बढेको जनाएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस