एनसेल प्रकरण छानविनका लागि पाँच सदस्यीय समिति गठन (सूचिसहित)

सफल खबर संवाददाता

विहीबार, २१ मंसिर २०८०, १० : ४३
एनसेल प्रकरण छानविनका लागि पाँच सदस्यीय समिति गठन (सूचिसहित)

काठमाडौ । सरकारले एनसेल प्रकरण छानविनको लागि पाँच सदस्यीय समिति गठन गरेको छ।बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको नेतृत्वमा समिति गठन गरेको हो। 

समितिमा प्रधानमन्त्री कार्यालयका कानुन हेर्ने सचिव फणीन्द्र गौतम सदस्य छन्। अर्थ मन्त्रालयका सहसचिव रितेश काफ्ले पनि सदस्य छन्। उनी राजस्व महाशाखा प्रमुख पनि हुन् ।

अर्का सदस्य सञ्चार मन्त्रालयका सहसचिव बाबुराम भण्डारी छन्।

प्रतिक्रिया दिनुहोस