काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ६ वर्षपछि सरकारको स्वामित्वमा आउन लागेको एनसेलको खरिदबिक्री शंकास्पद रहेको बताएका छन् । बिहीबार विहान सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले एनसेलको अपार करछलिको गहिरो अनुसन्धान जरुरी रहेको बताए ।
'६ बर्षपछि सरकारको स्वामित्वमा आउन लागेको ३ल्अभिि को खरिदबिक्री शंकास्पद छ । यसलाई रोकेर यो अपार करछलिको गहिरो अनुसन्धान जरुरी छ। अनियमितता विरुद्ध सम्पुर्ण एकताको दृष्टि साथ, सरकार, प्रतिपक्ष, मिडिया र नागरिक सम्पुर्ण रुपले एकढिक्का उभिने संकेत सकारात्मक छ,' उनले लेखेका छन् ।
एनसेलले बाह्य लगानीलाई नेपालमा सहज वातावरण नरहेको आक्षेप खारेज गर्न संगठित पहल गनए उनको आग्रह छ । 'अत्यावश्यक ऎन संशोधन र परिमार्जन गरेर कार्यान्वयनमा नल्याउनुको कमजोरी आत्मसात गर्दै जवाफदेहीपुर्ण ढंगले कार्य गरौं । बाह्य लगानीको थप सुरक्षीत वातावरण निर्माण गर्दै सकारात्मक सन्देश सम्प्रेषण गरौं,' उनले भने ।
यस्तै एनसेलले पुँजिगत लाभकर नतिर्ने प्रपन्च गर्दा नो ट्याक्स, नो एनसेल अभियानको अघि बढाएको स्मरण गराएका छन् । 'उक्त दबाब र मुद्दापछि अन्ततः उ झुक्न बाध्य भयो । अहिलेको प्रकरणमा सरकार र दलहरू कठोर हुन जरुरी । जनदबाबको स्वतस्फूर्त साथ फेरि पनि साथमा हुनेछ,' महामन्त्री शर्माले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ मंसिर २०८०, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनसेलले भन्यो-‘हामी फेरि उठ्ने छौँ, तपाईँहरू सँगै’
एनसेलले नेपालमा थ्रिजी बन्द गर्ने
एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित
एनसेल बन्यो आइएसओको मान्यता पाउने पहिलो नेपाली दूरसञ्चार कम्पनी