चेल्सीमाथि म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी

विहीबार, २१ मंसिर २०८०, ०८ : १०
चेल्सीमाथि म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । बुधबार राति भएको खेलमा युनाइटेडले चेल्सीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

युनाइटेडको जितमा स्कट म्याक्टोमेनीले दुवै गोल गरेका थिए । चेल्सीका लागि कोल पालमरले १ गोल फर्काए ।

घरेलु मैदान वल्ड टाफोर्डमा युनाइटेडले १९ औं मिनेटमा म्याक्टोमेनीको गोलमा अग्रता बनाएको थियो ।

४५ औं मिनेटमा चेल्सीका पालमरले बराबरी गोल गरेका थिए । तर, ६९ औं मिनेटमा म्याक्टोमेनीले व्यक्तिगत दोस्रो गोल गर्दा युनाइटेडले  २–१ को अग्रता लियो ।

सोही अग्रता अन्तिमसम्म कायम राख्दै जित निकाल्न सफल भयो । जितसँगै युनाइटेडले प्रिमियर लिग तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

युनाइटेडका २७ अंक रहेको छ । पराजित भएको चेल्सी भने १९ अंकका साथ १० औं स्थानमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस