तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा, करिब ७ किलो अवैध सुन बरामद

सफल खबर संवाददाता

बुधबार, २० मंसिर २०८०, ११ : १७
तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा, करिब ७ किलो अवैध सुन बरामद

काठमाडौँ । राजधानीको न्यूरोडबाट करिब ७ किलो अवैध सुन बरामद भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलाली घर भई नागार्जुन बस्ने पदम पाण्डेलाई पक्राउ गरेको छ ।

उनको न्यूरोडस्थित ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको काराखानामा छापा मार्दा सो परिमाणमा अवैध सुन बरामद भएको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालका एसपी रवीन्द्र रेग्मीले पाण्डेलाई पक्राउ गरेर सुन जोख्ने कार्य भइरहेको बताए ।

प्रहरी स्रोतका अनुसार अनुमानित ७ किलो सुन प्रक्रिया पुर्याएर जोख्ने काम भइरहेको र त्यसअपघि एकिन परिमाण आउनेछ । प्रहरीका अनुसार बरामद सुनमध्ये केही विस्कुट आकार र केही गहना बनाइसकेको अवस्थामा फेला परेको छ । य ससम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस