नेपाल सुपर लिग : इलाम र पोखरा भिड्दै

सफल खबर संवाददाता

बुधबार, २० मंसिर २०८०, ०७ : ५६
नेपाल सुपर लिग : इलाम र पोखरा भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज स्पोर्टिङ इलाम एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।

आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा मैदान प्रवेश गर्नेछन् । जारी लिगमा तीन खेलबाट अपराजित रहँदै पोखरा पाँच अंकसहित तालिकाको चौथो स्थानमा छ ।

तीन अंक जोडेको इलाम छैटौँ स्थानमा छ । मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ ।

प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस