चोरी भएर अमेरिका पुगेका पुरातात्त्विक मूर्ति नेपाल फिर्ता

सफल खबर संवाददाता

मंगलबार, १९ मंसिर २०८०, ११ : २०
चोरी भएर अमेरिका पुगेका पुरातात्त्विक मूर्ति नेपाल फिर्ता

न्यूयोर्क ।  विभिन्न कालखण्डमा नेपालबाट चोरी गरी तस्करहरुले अमेरिका पुर्‍याएका चार वटा पुरातात्त्विक मूर्तिहरू अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गरेको छ । न्यूयोर्क स्थिति जिल्ला सरकारी वकिलको कार्यालयमा आज विशेष कार्यक्रम गरी नेपाली महावाणिज्य दूतावास मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।

१६ औं र १७ औं शताब्दीका नेपालका पुरातात्त्विक मूर्ति लामो अनुसन्धानपछि अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको हो । जसमा दुई वटा भैरव मास्क रहेका छन् भने शिव  पार्वती (उमा महेश्वर) र दुर्गाको ढुंगाको मूर्ति रहेका छन् । न्यूयोर्कका जिल्ला न्यायाधिवक्ता एल्विन ब्राग जुनियर, जिल्ला सरकारी वकिल कार्यालयका वरिष्ठ अधिकारी, होमल्याण्ड सेक्युरिटी इन्भेष्टिगेसन्स, न्यूयोर्क र गृह मन्त्रालयका अधिकारीहरुले कार्यवहाक महावाणिज्यदूत विष्णु प्रसाद गौतमलाई मूर्ति हस्तान्तरण गरेका हुन् ।

नेपालबाट चोरी तस्करी गरी अमेरिका ल्याईएका नेपालका पुरातात्त्विक वस्तुहरु फिर्ताका लागि सहयोग गर्न जिल्ला न्यायाधिवक्ताको कार्यालयलाई नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कले अनुरोध गरेको थियो । न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको पटक पटकको पहलपछि अमेरिकी सरकारले लामो अनुसन्धानपछि मात्र यी मूर्तिहरू नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस