विराटनगर । माओवादीले संचालन गरिरहेको तीन महिने विशेष रुपान्तरण अभियानको क्रममा एक बिरामीले उपचार पाएका छन् । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ नाराका साथ उदयपुरगढी–१ ब्वासे पुगेका माओवादीको अभियान टोलीले स्थानीय ४० वर्षीय नरजीत राईलाई उपचार गर्ने व्यवस्था गरेको हो ।
अभियानका प्रमुख तथा माओवादी केन्द्रका नेता मुक्सामहाङ मेयाङबो ‘मुकेश’ नेतृत्व टोलीले एम्बुलेन्सको व्यवस्था गरी राईको उपचारका लागि धरान घोपा क्याम्प पुर्याएको हो । क्षयरोगले ग्रस्त नरजितलाई उपचारका लागि आर्थिक अभाव भएर ओछ्यानमै थलिएका थिए । तीन वर्ष अगाडि नरजितकी श्रीमतीलाई पनि सोही रोग लागेको थियो । ऋण लिएर श्रीमतीको उपचार गराएका नरजित आफैं थलिएपछि भने परिवार नै संकटमा परेको थियो ।
अभियानका क्रममा उनको अवस्था दयनीय देखेपछि उपचारका लागि लगेको मेन्याङ्बोले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ मंसिर २०८०, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
माओवादीको महाधिवेशन आयोजक समिति बैठक बस्दै, एकताको सहमति अनुमोदन गर्ने
माओवादी मधेश प्रदेश संसदीय दलको नेतामा पुनः भरत साह नियुक्त
खाेटाङका माओवादी सांसद पासाङको आरोप– “सुदन किराँती भ्रष्ट छन्”
एकीकृत वाम पार्टीको बैठक कात्तिक २० गते गर्ने माओवादीको निर्णय
माओवादी सचिवालय बैठक आज पनि बस्दै