काठमाडौ । सर्वोच्च अदालतका प्रस्तावित छमध्ये तीन न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ ।
प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने समयसीमा सोमबार सकिएको छ । समितिमा ११ उजुरी दर्ता भएकोमा १० जनाको नाम किटिएको छ ।
एक उजुरी सैद्धान्तिक विषय केन्द्रित छ । समितिमा पोर्चुगलका लागि प्रस्तावित राजदूत शनिल नेपालविरुद्ध पनि समितिमा उजुरी परेको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले ११ उजुरी प्राप्त भएको जानकारी दिए ।
उनले प्राप्त उजुरीको अध्ययनपछि समितिले थप प्रव्रिmया अघि बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ मंसिर २०८०, ०७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चर्चित मुद्दाको फैसला र बहस गरेको दिन सामाजिक सञ्जाल नहेर्नुस् : न्यायाधीश पोखरेल
उच्च अदालतका २७ न्यायाधीशले लिए शपथ
सर्वोच्च अदालतले पायो तीन नयाँ न्यायाधीश
सर्वोच्चको न्यायाधीशमा प्रस्तावित ३ जनाविरुद्ध ७ उजुरी