बेइजिङ । चीन र युरोपेली सङ्घबीच भएको सहमतिअनुसार २४ औँ चीन-इयु शिखर सम्मेलन डिसेम्बर ७ देखि बेइजिङमा आयोजना हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले सोमबार जानकारी दिएकी छन् ।
सो अवसरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेल र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनसँग भेटवार्ता गर्ने कार्यक्रम छ । चिनियाँ प्रधानमन्त्री ली छ्याङ, राष्ट्रपति चाल्र्स मिशेल र राष्ट्रपति उर्सुला भोन डर लेनले संयुक्त रूपमा शिखर सम्मेलनको अध्यक्षता गर्ने हुवाले बताइन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ मंसिर २०८०, १५ : ०९
लेखकबाट थप