राष्ट्रिय महाधिवेशन सार्न एकीकृत समाजवादीको सचिवालय बैठक जारी

सफल खबर संवाददाता

सोमबार, १८ मंसिर २०८०, १२ : २५
राष्ट्रिय महाधिवेशन सार्न एकीकृत समाजवादीको सचिवालय बैठक जारी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक सुरु भएको छ ।पार्टी कार्यालय आलोकनगरमा बैठक सुरु भएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

आजको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन, अपानि ११ लगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।पार्टीले आगामी माघ १४ देखि १८ गतेसम्म राष्ट्रिय महाअधिवेशन गर्ने मिति घोषणा गरेपनि तयारी अभावका कारण सर्ने र अर्को मिति तोक्ने नेताहरूले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस