कोलम्बो । श्रीलंकाको सेना र प्रहरीले पदयात्राको क्रममा हान्थाना पहाडमा फसेका विश्वविद्यालयका करिब १८० जना विद्यार्थीको उद्धार गरेको छ । क्यान्डी हेडक्वार्टर पुलिस स्टेसनका प्रवक्ताले बताएअनुसार ती अलपत्र परेका विद्यार्थीहरू पश्चिमी प्रान्तको रागामास्थित केलानिया विश्वविद्यालयको मेडिसिन संकायमा अध्ययनरत छन् ।
ती विद्यार्थीहरू शनिबार बिहान हाइकिङमा निस्किएका थिए तर बाक्लो कुहिरो र वर्षाका कारण फर्कने क्रममा बाटोमै हराएको प्रवक्ताले बताएका छन् ।हान्थाना, श्रीलंकाको मध्य हाइल्याण्ड्समा अवस्थित विश्वविद्यालयका विद्यार्थीहरूका लागि लोकप्रिय पदयात्रा गन्तव्य हो ।
यस क्षेत्रमा अचानक मौसम परिवर्तनका कारण प्रत्येक वर्ष केही विद्यार्थीहरू यसैगरी हराउने गरेका समाचार सार्वजनिक हुने गर्छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ मंसिर २०८०, १३ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज नेपालले श्रीलंकासँग खेल्दै
श्रीलंकाविरुद्ध पनि कप्तान सावित्राको ह्याट्रिक
श्रीलंकाका राजदूत नेपालीले गरे शपथ ग्रहण
पूर्णबहादुर नेपाली श्रीलंकाका राजदूत नियुक्त
श्रीलंकाले हटायो सवारी साधन आयात माथिको प्रतिबन्ध
श्रीलंकाको पर्यटन आम्दानी ५३ प्रतिशतले वृद्धि