दाङ। दाङको लमहीमा हाइस गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।शुक्रवार बेलुका पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको रा १ ख २१७३ नम्बरको हाइसले लमही नगरपालिका–७ पदमिनीखोलामा साइकल यात्रीलाई ठक्कर दिएको थियो ।
हाइसको ठक्करबाट गम्भीर घाइते भएका लमही नगरपालिका–७ नयाँबस्ती निवासी ५२ वर्षीय भगत चौधरीको उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ।घाइते चौधरीलाई लमही अस्पतालमा सामान्य उपचारपश्चात नेपालगन्ज पठाइएको थियो ।
टाउकामा गम्भीर चोट लागेका चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए ।गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ मंसिर २०८०, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु