दाङ। दाङको लमहीमा हाइस गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।शुक्रवार बेलुका पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको रा १ ख २१७३ नम्बरको हाइसले लमही नगरपालिका–७ पदमिनीखोलामा साइकल यात्रीलाई ठक्कर दिएको थियो ।
हाइसको ठक्करबाट गम्भीर घाइते भएका लमही नगरपालिका–७ नयाँबस्ती निवासी ५२ वर्षीय भगत चौधरीको उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ।घाइते चौधरीलाई लमही अस्पतालमा सामान्य उपचारपश्चात नेपालगन्ज पठाइएको थियो ।
टाउकामा गम्भीर चोट लागेका चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए ।गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ मंसिर २०८०, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु