बुटवल। रुपन्देहीमा स्कूल बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ मा आज बिहान सिद्धार्थ बोर्डिङ स्कूलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकलमा ३ जना सवार रहेका थिए । उनीहरू मध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा महम्मद इसाद र १६ वर्षकै रूपसना खातुनको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलमा सवार १२ वर्षकै अप्सना खानुतको घाइते भएकी छन । घाइतेको भैरहवामा उपचार भइरहेको छ ।
ठक्कर दिने बसमा स्थानीयले आगो लगाइदिएका छन् । दुर्घटना भएको क्षेत्रमा स्थानीयले अहिले प्रदर्शन गरिरहेका छन् ।दुर्घटनापछि बस चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ मंसिर २०८०, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु, एक घाइते
राजस्थानमा सडक दुर्घटना, १५ जनाको मृत्यु
गौरबाट काठमाडौँतर्फ गइरहेको बस चितवनको टिकौलीमा दुर्घटना, ३३ जना घाइते
रोल्पामा जिप दुर्घटना, चालकको मृत्यु, तीन जना घाइते
कपिलवस्तुमा बस दुर्घटना, एकजनाको मृत्यु, पाँच घाइते
बैतडीमा जीप दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते