भरतपुर अस्पतालमा थपियो आईसीयू श्य्या

सफल खबर संवाददाता

शनिबार, १६ मंसिर २०८०, १० : ५१
भरतपुर अस्पतालमा थपियो आईसीयू श्य्या

चितवन। भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसीयू)मा श्य्या थप गरिएको छ । भेन्टिलेटरसहितको अत्याधुनिक चार श्य्या थप गरेर कूल सङ्ख्या ३८ पुर्‍याइएको हो।अस्पतालका प्रवक्ता डा. गोविन्द कँडेलले बिरामीको चापअनुसार श्य्या अभाव भएपछि थप गरिएको बताए ।

उनका अनुसार अस्पतालको सघन उपचार कक्षमा झण्डै शतप्रतिशत बिरामीको भर्नादर (अकुपेन्सी) हुने गरेको छ । एउटा श्य्या सर्पदंशका बिरामीका लागि छुट्याइएको छ।उनका अनुसार निजी अस्पतालको सघन उपचार कक्षमा एक दिनमा १५ हजार हाराहारी खर्च हुने गर्दछ भने सरकारी अस्पतालमा एक दिनको श्य्या शुल्क दुई हजार मात्र पर्दछ ।

 

 

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार यसका अतिरिक्त २० श्ययाको बाल सघन उपचार कक्ष र छ श्ययाको पीआईसीयू सञ्चालनमा छन् । अस्पतालमा छ सय श्य्या छन् ।

चितवनसहित छिमेकी जिल्लाबाट यहाँ बिरामी उपचारका लागि आउने गरेका छन् । यो सङ्घीय अस्पताल हो । यहाँ दैनिक तीन हजारसम्म बहिरङ्ग सेवामा बिरामी उपचारका लागि आउने गरेको तिवारीले जानकारी दिए ।

सङ्घीय अस्पताल भएर पनि न्यून दरबन्दीमात्र स्वीकृत रहेकाले विकास समितिका चिकित्सक, कर्मचारीको भरमा अस्पताल सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस