काभ्रे । बीपी राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका–११, पात्लेखेतमा आज बिहान गाडी ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार भकुन्डेबेँसीबाट काठमाडौँतर्फ आउँदै गरेको प्र १–०१–००१ च ८५९२ नम्बरको योदा गाडीले आज बिहान ६ः१० बजेतिर पात्लेखेतस्थित बीपी राजमार्गमा स्थानीय वर्ष ५० कायमुनाप्रसाद धिताललाई ठक्कर दिएको हो।
ठक्करबाट गम्भीर घाइते भएका धिताललाई उपचारका लागि धुलिखेल अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्। प्रहरीका अनुसार बिहान धिताललाई मृत घोषणा गरिएको हो। ठक्कर दिन गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ मंसिर २०८०, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु