काभ्रे । बीपी राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका–११, पात्लेखेतमा आज बिहान गाडी ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार भकुन्डेबेँसीबाट काठमाडौँतर्फ आउँदै गरेको प्र १–०१–००१ च ८५९२ नम्बरको योदा गाडीले आज बिहान ६ः१० बजेतिर पात्लेखेतस्थित बीपी राजमार्गमा स्थानीय वर्ष ५० कायमुनाप्रसाद धिताललाई ठक्कर दिएको हो।
ठक्करबाट गम्भीर घाइते भएका धिताललाई उपचारका लागि धुलिखेल अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्। प्रहरीका अनुसार बिहान धिताललाई मृत घोषणा गरिएको हो। ठक्कर दिन गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ मंसिर २०८०, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु