केपी ओली कप

आर्मीलाई हराउँदै मधेश प्रदेश च्याम्पियन

सफल खबर संवाददाता

शुक्रबार, १५ मंसिर २०८०, १५ : ५०
आर्मीलाई हराउँदै मधेश प्रदेश च्याम्पियन

काठमाडौं । पोखरामा सकिएको केपी ओली राष्ट्रिय टी–२० क्रिकेटको उपाधि मधेश प्रदेशले जितेको छ ।

बलियो र अनुभवी क्रिकेटरले भरिएको आर्मीलाई ११ रनले हराउँदै मधेश प्रदेश च्याम्पियन बनेको हो । टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ८ विकेट गुमाएर १३५ रन बनाएको थियो ।

जवाफ ब्याटिङमा आर्मीले ७ विकेटको क्षतिमा १२४ रन मात्रै बनाउन सक्यो ।

प्रतिक्रिया दिनुहोस