काठमाडौँ । विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । बिहीबार राति काठमाडौँ, बाँके र कैलालीमा भएका दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको हो।
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा प्रदेश ३–०१–०० ३ क ६४८८ नम्बरको निशान गाडी र बाग्मती प्रदेश ०२–०३२ प ३३४१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई भएको दुर्घटनामा परेर मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा शंखरापुर नगरपालिका–८ साखु घुमार चोकका ३० वर्षीय सुलभ मोक्तान रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणटारस्थित शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै बाँकेमा पनि सवारी दुर्घटनामा परेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिका–८ ओबरीस्थित सडकमा महेन्द्रनगरबाट काठमाडौँतर्फ जाँदै गरेको सु.प्र.०२–००१ ख १२४७ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने ४० वर्षीय केशर कुँवरको बिहीबार राति मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता, कैलालीको लम्कीचुहा नगरपालिका–२ गणेशपुरस्थित सडकमा ना.५ ख ८७०० नम्बरको बसको ठक्करबाट बिहीबार राति एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा मोहन्याल गाउँपालिका–७ का ३७ वर्षीय डम्मरबहादुर विष्ट रहेका छन् ।
ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । ठक्कर दिने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।सबै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ मंसिर २०८०, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु