काठमाडौं। काठमाडौंमा सुनको सिक्री लुटेर भाग्दै गरेको एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको सिमरा नगरपालिका १४ घर भइ ठमेल बस्ने २३ वर्षीय रोहन शाह रहेका छन् । उनलाई बिहीवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३२ स्थित नाककाट्य मन्दिर नजिक सडकबाट सुनको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् ।
नाककाट्य मन्दिर नजिकै सडकमा हिँडिरहेकी २२ वर्षीया युवतीको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई सिक्रीसहित पक्राउ गरेको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ मंसिर २०८०, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
नक्कली नोटसहित २ जना पक्राउ
आत्महत्या दुरुत्साहनमा श्रीमानसहित सासूससुरा पक्राउ
करिब ४ सय ७० किलो गाँजासहित ट्रक चालक पक्राउ
सप्तरीमा हवाई फायर गरेर लागु औषधसहित दुई जना पक्राउ
भरुवा बन्दुकसहित एक पुरुष पक्राउ