काठमाडौं। काठमाडौंमा सुनको सिक्री लुटेर भाग्दै गरेको एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको सिमरा नगरपालिका १४ घर भइ ठमेल बस्ने २३ वर्षीय रोहन शाह रहेका छन् । उनलाई बिहीवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३२ स्थित नाककाट्य मन्दिर नजिक सडकबाट सुनको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् ।
नाककाट्य मन्दिर नजिकै सडकमा हिँडिरहेकी २२ वर्षीया युवतीको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई सिक्रीसहित पक्राउ गरेको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ मंसिर २०८०, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ
मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ