बाजुरा । बाजुराको पूर्वी-उत्तरी भेगको कर्णाली करिडोरको धुलाचौर नजिकै जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।
मृत्यु हुनेमा मुगु जिल्लाको खत्याड गाउँपालिका–९ का अन्दाजी २८ वर्षीय मदन सार्की रहेका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिं ऐरीले जानकारी दिए।
हिमाली गाउँपालिकाबाट कोल्टी आउँदै गरेको लु१ज ४८२९ नम्बरको बोलेरो जीप धुलाचौर बजार नजिकै बिहीबार दिउँसो दुर्घटनामा परेको हो।
दुर्घटनामा गौमुल गाउँपालिका–३ का अन्दाजी १९ वर्षीय वसन्त धामी घाइते भएका प्रहरी निरीक्षक ऐरीले बताए । सो जीपमा चालकसहित चार जना सवार थिए।
जीपका चालक र अर्का एक यात्रु भने सकुशल रहेका प्रहरीले जनाएको छ । जीपचालक खत्याड –९ का दलबहादुर लावणलाई प्रहरीको नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ मंसिर २०८०, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन