बाजुरा । बाजुराको पूर्वी-उत्तरी भेगको कर्णाली करिडोरको धुलाचौर नजिकै जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।
मृत्यु हुनेमा मुगु जिल्लाको खत्याड गाउँपालिका–९ का अन्दाजी २८ वर्षीय मदन सार्की रहेका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिं ऐरीले जानकारी दिए।
हिमाली गाउँपालिकाबाट कोल्टी आउँदै गरेको लु१ज ४८२९ नम्बरको बोलेरो जीप धुलाचौर बजार नजिकै बिहीबार दिउँसो दुर्घटनामा परेको हो।
दुर्घटनामा गौमुल गाउँपालिका–३ का अन्दाजी १९ वर्षीय वसन्त धामी घाइते भएका प्रहरी निरीक्षक ऐरीले बताए । सो जीपमा चालकसहित चार जना सवार थिए।
जीपका चालक र अर्का एक यात्रु भने सकुशल रहेका प्रहरीले जनाएको छ । जीपचालक खत्याड –९ का दलबहादुर लावणलाई प्रहरीको नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ मंसिर २०८०, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते