काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसको नेतृत्वमा जनताले प्राप्त गरेको अधिकारको रक्षाका लागि आर्थिक क्रान्तिमा जोड दिनुपर्ने बताएका छन् । पटक–पटक जनाबाट गुमेको अधिकार काँग्रेसको नेतृत्वमा फिर्ता आएको स्मरण गर्दै नेता सिंहले प्राप्त उपलब्धिको सुरक्षाका लागि पनि काँग्रेसले नेतृत्व गर्नुपर्ने बताए ।
काँग्रेस पर्साका पूर्व उपसभापति अशोक जयसवालको श्रद्धाञ्जली सभामा बोल्दै उनले २०४६ को परिवर्तन पछि लौहपुरूष गणेशमान सिंहले प्राप्त राजनीतिक उपलब्धि रक्षाका लागि आर्थिक क्रान्ति गर्नुपर्ने बताएको स्मरण गर्दै अहिले त्यसका लागि बेला भइसकेको बताए ।
‘जसरी जनताको अधिकार फिर्ता काँग्रेसले गर्यो । अब देशलाई समृद्धिको बाटोमा लैजान पनि, आम जनताको चाहनाअनुसार शासनपद्दति सञ्चालन गर्नका लागि फेरि पनि जिम्मेवारी काँग्रेसको काँधमा आएको छ’, उनले भने, ‘पार्टीलाई एक ढिक्का बनाएर अब अघि बढ्नुपर्छ ।’
उनले देशको समृद्धिका लागि उद्योगहरूको विकास हुनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ मंसिर २०८०, १९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस चुनावमा सहभागी हुन्छ : प्रकाशमान सिंह
जेनजी आन्दोलनको आडमा राजनीतिक परिवर्तनमाथि धावा बोलिँदैछ : प्रकाशमान सिंह
प्रकाशमान सिंहको घर र गाडी जलेर ध्वस्त
विगतमा भएका कमजोरी दोहोरिन नदिन सरकार सचेत छ : प्रकाशमान सिंह
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छ : उपप्रधानमन्त्री सिंह
नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन् : प्रकाशमान सिंह