काठमाडौँ । मधेश प्रदेश सभामा सातवटै संसदीय समितिको सभापति चयनले पूर्णता पाएको छ । बाँकी २ संसदीय समितिको सभापति चयन भएपछि संसदीय समितिले पूर्णता पाएको हो ।
बाँकी रहेको प्रदेश मामिला समितिको सभापतिमा नेकपा एकीकृत समाजवादी पार्टीबाट रतनेश्वर गोईत यादव र कृषि तथा भूमि व्यवस्थापन समितिको सभापतिमा काँग्रेसका सञ्जय कुमार महतो निर्विरोध सभापति चयन भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
यसअघि २ असारमा अन्य पाँच दलबाट पाँचवटा संसदीय समितिको सभापति सहमति मै चयन गरिएको थियो । सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेकी मञ्जु थापा, विकास समिति सभापतिमा जसपाका शारदा सङ्करप्रसाद कलवार, महिला बालबालिका तथा सामाजिक न्याय समितिमा लोसपाकी रुपा कुमारी यादव, अर्थ तथा योजना समितिमा सतिशकुमार सिंह र प्राकृतिक स्रोत तथा वातावरण समितिमा माओवादी केन्द्रकी शारदा पहाडी सभापति चयन भइसकेका छन् ।
प्रदेश सभामा एक बढी सांसद रहेका ७ दलले एक-एकवटा संसदीय समिति लिने सहमति भएपछि सभापति चयन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ मंसिर २०८०, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त
मधेश प्रदेश प्रमुखले बोलाएको सर्वदलीय बैठक सात दलीय गठबन्धनद्वारा बहिष्कार
माओवादी मधेश प्रदेश संसदीय दलको नेतामा पुनः भरत साह नियुक्त
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ
मधेश प्रदेश सरकारका सेवा दशैंपछि पूर्ण रुपमा सञ्चालन हुने
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा