काठमाडौं । मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ ।
बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको परामर्शअनुसार निर्वाचनको मिति तोकेको सरकारको प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
आगामी फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सदस्य (२० जना)को पदावधि सकिँदैछ । त्यसको ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ । नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा श्वेता दवाडीलाई नियुक्ति गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ मंसिर २०८०, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय
वैशाख महिनामा बसेको मन्त्रिपरिषद् बैठकका १०६ निर्णय सार्वजनिक
मन्त्रिपरिषद् बैठक बस्दै
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय