पोखरा । तनहुँमा बस पल्टिँदा २ जनाको मृत्यु भएको छ । चालक सहित अन्य ३४ जना घाइते छन् । बिहान ब्यास नगरपालिका १२ घाँसीकुवामा पोखरा आउँदै गरेको ग १ ख ७८९५ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
दुर्घटनामा ३६ जना घाइते थिए । दुईजनाको चाहिँ दमौलीमा उपचारको क्रममा निधन भएको हो । मृत्यु हुनेमा धनकुटा सागुरीगढी गाउँपालिका ९ का ४५ वर्षीय हस्त राईको रत्नहरी अस्पताल र टोप बहादुर मगरको दमौली अस्पतालमा मृत्यु भएको हो ।
घाइतेमध्ये ५ जनाको दमौली अस्पतालमा उपचार भैरहेको छ । ८ जनालाई थप उपचारका लागि मनपाल शिक्षण अस्पताल पोखरा ल्याइएको छ । अन्यको पनि विभिन्न अस्पतालमा उपचार भैरहेको छ भने १ जना डिस्चार्ज भएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ मंसिर २०८०, ०९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते