राजतन्त्र फर्कने सम्भावना छैन : शेरवहादुर देउवा

सफल खबर संवाददाता

सोमबार, ११ मंसिर २०८०, १२ : ५४
राजतन्त्र फर्कने सम्भावना छैन : शेरवहादुर देउवा

चितवन । नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाले राजतन्त्र फर्कन सक्ने सम्भावना नरहेको बताएका छन। भरतपुर बिमानस्थलमा पत्रकारहरु संग कुराकानी गर्दै उनले राजतन्त्रको पक्षमा सडकमा उत्रिएदैंमा व्यवस्था परिवर्तन नहुने बताए ।

उनले भने “गणतन्त्रको बिकल्प छैन ।” पूर्ब प्रधानमन्त्री समेत रहेका सभापति देउवाले भने “गणतन्त्र वदलिने कुरा छैन । त्यही हो ।” गणतन्त्रको बिरोध गर्नेहरुको अर्थ नरहेको उनले बताए ।

गणतन्त्र बिरोधि गतिबिधिबाट दलहरु अत्तालिएका हुन भन्ने प्रश्नमा उनले भने “को अत्तालियो ? हामी अत्तालिएका छैनौ ।” गठवन्धनले गरेको सहमती अनुसार आलोपालोको बिषयमा सोधिएको प्रश्नमा उनको जवाफ थियो “थाहा पाई हाल्नु हुन्छ नी ।”

प्रतिक्रिया दिनुहोस