नेपाल सुपर लिग : इलाम र झापा भिड्दै

सफल खबर संवाददाता

सोमबार, ११ मंसिर २०८०, ०९ : १५
नेपाल सुपर लिग : इलाम र झापा भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा आज झापा एफसी र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुँदै छ । यी दुवै नेपाल सुपर लिगमा नयाँ टोली हुन् ।

इलामले उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्ससँग खेलेको थियो । पहिलो खेलमा उसले १–० ले पराजय बेहोर्नु परेको थियो । झापाको लागि भने यो पहिलो खेल हो । खेल साँझ ५:३० बजे सुरु हुने छ ।

मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल नौ टिमको सहभागिता छ । प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्सले खेलिरहेका छन् ।

प्रतियोगिताको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो । प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस