काठमाडौं । धनकुटा नगरपालिकाले सोमबार र मंगलबार सार्वजनिक बिदा दिएको छ। आठपहरिया जातिको मुख्य चाड वडाङ्मेटको अवसरमा नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको हो।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङका अनुसार नगर क्षेत्रमा मात्र बसोबास गर्ने आठपहरिया जातिको प्रमुख चाड भएकाले वडाङ्मेटको अवसरमा ११ र १२ गते सार्वजनिक बिदा दिइएको हो।
वडाङ्मेट धनकुटा नगरपालिका क्षेत्रलाई उद्गम स्थल मान्दै आएका आठपहरिया जातिको मुख्य चाड हो। उनीहरूले १५ दिनसम्म धूमधामका साथ वडाङ्मेट पर्व मनाउने गरेका छन्।
वडाङ्मेट उनीहरूको जुठो वाट उक्सिने एक मात्र पर्व हो । त्यस्तै परिवारको सदस्य थपिएको खुशीयालीमा हर्षबढाइँसमेत गरिन्छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ मंसिर २०८०, ०९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावले छपक्कै छोप्यो, आजदेखि एकसाता बिदा
आज ग्याल्पो ल्होसारको सार्वजनिक बिदा
चिसो बढेपछि गौरका विद्यालयमा बिदा
मधेस प्रदेशमा आज सार्वजनिक बिदा
आज पनि तिहारकै सार्वजनिक बिदा
आज र भोलि सार्वजनिक बिदा