काठमाडौं। नेपाल प्रहरीले ३ जना प्रहरी उपरीक्षक (एसपी)हरूको काज सरुवा गरेको छ ।प्रहरी प्रधान कार्यालय नक्सालको मानव स्रोत विभागले रञ्जु सिग्देल, अनुपम शम्शेर जबरा र राजेन्द्रप्रसाद धमलाको काज सरुवा गरेको हो ।
सिग्देल प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा महेन्द्रनगरबाट प्रहरी शिक्षालय महाराजगञ्ज काठमाडौंमा खटाइएका छन् ।प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखामा रहेका जबरालाई नेपाल प्रहरी-सशस्त्र प्रहरी गण नं. १ नक्साल र धमलालाई प्रहरी प्रधान कार्यालय कानून शाखाबाट काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नं. २ महाराजगञ्जमा काज सरुवा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० मंसिर २०८०, १५ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीका ११ जना एसएसपीको डीआईजीमा बढुवा
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान
६३ एसपीहरूको सरुवा (सूचीसहित)
७५ जना सई वरिष्ठ सईमा बढुवा सिफारिस (सूचीसहित)
१४४ जना प्रहरी हवलदार पदमा बढुवा सिफारिस (सूचीसहित)
भीआईपीका पीएसओका कारण इन्स्पेक्टर बढुवा अलपत्र