काठमाडौँ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईको ताप्लेजुङ सदरमुकामस्थित घरअगाडि पहिचानवादीहरूले प्रदर्शन गरेका छन् । आइतबार बिहान पहिचानवादीहरूले कालो झण्डासहित सदरमुकाम फुङलिङ बजारमा प्रदर्शन गरेका हुन्। दशैं, तिहार, छठलगायत चाडपर्वका अवसरमा एमाले ताप्लेजुङ कमिटीले आइतबार चियापान कार्यक्रम आयोजना गरेको छ। सोही कार्यक्रमका लागि प्रतिनिधि सभा सांसदसमेत रहेका भट्टराई गृह जिल्ला पुगेका थिए।
कार्यक्रमका लागि कोशी प्रदेश सभा सदस्य तिलकुमार मेन्याङ्बो पनि पुगेका थिए। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रमुख प्रहरी निरीक्षक कमल लुङ्गेलीका अनुसार करिब ७० जनाको सङ्ख्यामा पहिचानवादीहरू भेला भएका छन्।
कोशी प्रदेश नामकरणमा हस्ताक्षर गर्ने सांसदहरूलाई पहिचानवादीहरूले विरोध गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० मंसिर २०८०, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टीको माथिल्लो तहबाट हामीविरुद्ध अनर्गल लाञ्छना लगाउने काम भइरहेको छ: योगेश भट्टराई
जेन जेड आन्दोलनको क्षतिको दोष जबर्जस्त एमालेमा थुपार्न खोजियो : योगेश भट्टराई
झापा-५ को चुनावी प्रचारमा योगेश भट्टराई दमकमा
संविधानमा संशोधनमा छलफल गर्न मतदातासँग योगेशको आग्रह
‘पार्टीभित्रको संघर्षमा प्रतिस्पर्धी हौँ तर अन्य दलहरूसँग एमाले एक छ’ : योगेश भट्टराई
‘निर्वाचनमा उम्मेदवार बन्ने मन्त्रीहरूले तत्काल राजीनामा दिनुपर्छ’: योगेश भट्टराई