काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई च्याँखे दाउ नथाप्न चेतावनी दिएका छन् । गुल्मीमा शनिवार आयोजित पार्टीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले राजतन्त्र फर्काउन मन भए चुनाव लडेर संविधान परिवर्तन गर्न चुनौती दिए ।
महामन्त्री थापाले भने–नेपालको राजतन्त्र हामीले फालेको होइन,आफ्नै कर्मले गएको हो । माओवादीले हाम्रा साथीहरू काटिरहँदा माओवादीले काँग्रेस तह लगाउँछ भनेर सेना परिचालन गर्न नदिने यहि राजा होइन ? राजा फर्काउनुपर्छ भनेर कोही आउँछ भने काँग्रेसका प्रत्येक साथीले भन्न सक्नुपर्छ च्याँखे दाउको खालमा नपस । राजालाई पनि म भन्न चाहन्छु,महराज च्याँखे दाउमा होइन सिधै खालमा आऊ । बकाइदा भिड्न तयार छ काँग्रेस । दल खोल,चुनाव लडेर दुई तिहाई ल्याऊ संविधान परिवर्तन गर ।
महामन्त्री थापाले राजाले धर्म जोगाउछन् भन्ने भ्रममा नपर्न समेत आग्रह गरे । मौका पर्दा मन्दिरका मूर्ति चोर्नेले सनातन धर्मको रक्षा नगर्ने भन्दै उनले सनातन धर्म संस्कृतिको रक्षा गर्न काँग्रेस सक्षम रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ मंसिर २०८०, १९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षाको प्रमुख चुनौती दलीयकरण रहेको गगन थापाको दाबी
‘क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीका रूपमा चिन्दैन’: गगन थापा
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा