झापामा राजावादीको शक्ति प्रदर्शन, पूर्वराजाले पृथ्वीनारायणको शालिक अनावरण गर्दै

सफल खबर संवाददाता

शनिबार, ०९ मंसिर २०८०, १५ : २६
झापामा राजावादीको शक्ति प्रदर्शन, पूर्वराजाले पृथ्वीनारायणको शालिक अनावरण गर्दै

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजावादीहरुले बिर्तामोडमा भव्य स्वागत गरिएको छ । राजावादी नेता राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गृहजिल्लामा पूर्वराजा पुग्दा गाउँगाउँबाट बिर्तामोडमा सर्वसाधारणलाई उतारिएको थियो । 

बिर्तामोडमा विभिन्न सांस्कृतिक झाँकीसहित पूर्वराजालाई स्वागत गरिएको थियो । सो क्रममा राजावादीहरुले  राजा आउ देश बचाउको नारा लगाएका थिए ।  ठाउँठाउँमा नाराबाजीपछि पूर्वराजा कार्यक्रमस्थलमा पुगेका थिए । 

 पूर्वराजा बिर्तामोडको पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा पृथ्वी नारायण शाहको शालिक अनावरण कार्यक्रममा सहभागी भएका हुन् । राप्रपाका अध्यक्ष  लिङ्देन सोही कार्यक्रमको तयारीका लागि एक डेढ सातादेखि पूर्वी नेपालमा थिए ।

प्रतिक्रिया दिनुहोस